४ घण्टामा ५९ गीत गाएर विश्वकीर्तिमान राख्दै राज्यमन्त्री मानन्धर

Mandhar1608903896

काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गीत गाएर विश्व रेर्कड राखेका छन् । संसद बिघटन र नेकपा पार्टी विवादमा पनि राज्यमन्त्री मानन्धरले लगातार ४ घन्टा ५  मिनेट २० सेकेन्डमा गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । 

बालाजु अष्टनारायण हलमा भएको कार्यक्रममा अहिलेसम्म स्टेजमा गाएको अनुभवलाई विश्व कीर्तिमानका लागि रेर्कड गरेको मन्त्री मानन्धरले बताए ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाएका थिए ।  नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका हुन् । 

मन्त्री मानन्धर लाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य मार्फत शुभकामना सन्देश पठाएका थिए । कार्यक्रममा सुचना तथा संचार मन्त्री पार्बत गुरुङ पनि उपस्थित थियाे। विश्वकीर्तिमानका लागि उनले ४ घण्टामा ५९ गीत गाएका थिए शुक्रबार गाइसकेर प्रमाणपत्र पनि प्राप्त गरेका छन्।

Scroll to Top