रुपन्देहीमा संघको असर स्थानीयतहमा जनप्रतिनिधिबीच आरोप प्रत्यारोप सुरु

1608827608

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रचण्ड नेपाल र प्रधानमन्त्री ओली पक्षमा कित्ताकाट भएसँगै जनप्रतिनिधिबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

तिलोत्तमा नगरप्रमुख वासुदेब घिमिरेले प्रतिनिधिसभा विघटन गर्नुअसवैधानिक भएको भन्दै नगरकार्यपालिकाबाट विज्ञप्ति जारी गरेपछि विवाद सुरु भएको हो ।

प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तामनाथ पाण्डे, वडा नम्वर १५ का अध्यक्ष खेमराज गुरुङ, कार्यपालिका सदस्यहरु राधा शाही, लक्ष्मण नेपाली र गीतादेवी सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै नगरप्रमुखले अनाधिकृत काम गरेको भन्दै असहमति प्रकट गरेका हुन् ।

Scroll to Top