सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित

trail centre sawari

काठमाडौं । माघ २३ गते काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि दरबारमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।

सो दिनमा ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ ।

Scroll to Top